नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको बिहीबारको खेलमा जनकपुर बोल्ट्सविरुद्ध लुम्बिनी लायन्सले पहिले ब्याटिङ गर्ने भएको छ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जनकपुरले टस जितेर लुम्बिनीलाई पहिले ब्याटिङको निम्तो दिएको हो। दुई पूर्वच्याम्पियन टोलीबीचको खेल १२ः३० बजे सुरू हुनेछ।

जनकपुर बोल्ट्स सन् २०२४ मा आयोजित पहिलो संस्करणको विजेता हो। लुम्बिनी लायन्स भने सन् २०२५ मा आयोजित दोस्रो संस्करणको च्याम्पियन हो।