कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट सोमबार प्रदेशसभामा प्रस्तुत गर्दैछ। प्रदेश सरकारले करिब ४० अर्ब बराबरको अनुमानित बजेट निर्माण गरेको जनाएको छ। 

प्रदेशसभाको बैठक अहिले ४ बजे बस्दैछ। उक्त बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङ्थेपले बजेट प्रस्तुत गर्नेछन्। 

प्रदेश सरकार मन्त्रीपरिषद्को बैठकबाट आगामी आर्थिक वर्षको बजेट पारित गरेको छ। सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीले भर्खरै सम्पन्न मन्त्रिपरिषद्को बैठकले बजेट पारित गरेको जानकारी दिए।