संघीय संसद्का दुवै सदनको बैठक आज बस्ने भएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्ने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ।
संविधानको धारा ९५ अनुसार राष्ट्रपतिले अपराह्न ४ बजे संयुक्त सदनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्।
राष्ट्रपति पौडेलबाट नीति तथा कार्यक्रम प्रस्तुत हुने संयुक्त बैठकमा दिउँसो ३ः४५ बजे अगावै उपस्थित हुन प्रतिनिधिसभा तथा राष्ट्रियसभाका सदस्यलाई आग्रह समेत गरेको छ।
यसअघि प्रतिनिधिसभा र राष्ट्रियसभाको दुवै बैठक दिउँसो २ बजेदेखि छुट्टाछुट्टै सुरु हुनेछ।




















