राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफू इतिहास लेख्ने यात्रामा हिँडेको बताएका छन्। आइतबार सांसदहरूलाई गरिरहेको प्रशिक्षण कार्यक्रममा उनले पार्टीको पदमा वा सरकारमा मन्त्री र प्रधानमन्त्री बन्ने मात्रै ठूलो कुरा नभएको बताए। 

“कसैलाई लाग्ला, पार्टी सभापति प्रधानमन्त्री बन्न हिँडेको लाग्छ भने त्यो पूर्णतया भ्रममात्रै हो। म जीवनी लेख्न हिँडेको होइन। इतिहास लेख्न हिँडेको हो,” उनले भने, “मलाई जीवनीमा ठूलो इन्ट्रेस्ट छैन। जीवनी लेख्नु ठूलो कुरा होइन।”

उनले आफूहरू इतिहास लेख्ने ठाउँमा नै भएको बताए। चुनावमा जाँदा नै बहुमत ल्याइन्छ भन्ने आफूहरूलाई थाहा भएको बताए। सजिलो संघर्षबाटै आफूहरू यहाँ आइपुगेको बताए।