मोरङको क्षेत्र नम्बर ३ मा कुल १,५८,०५७ मतदाता रहेका छन्। यस क्षेत्रमा ४ वटा पालिकाहरूका विभिन्न वडाहरू समेटिएका छन्। 

पथरी शनिश्चरे नगरपालिकामा ८ वटा वडा रहेका छन्। १, २, ३, ४, ७, ८, ९ र १० वडा यो क्षेत्रमा पर्छ। 

बेलबारी नगरपालिकामा ८ वटा वडाहरु पर्छन्। १, २, ३, ४, ८, ९, १० र ११ वडा यस क्षेत्रमा रहेका छन्। 

सुन्दरहरैँचा नगरपालिका ६ वटा वडा १, ८, ९, १०, ११ र १२ यो क्षेत्रमा पर्छन्। कानेपोखरी गाउँपालिकामा ४ वटा वडा ४, ५, ६ र ७ पर्छन्। 

निर्वाचन आयोगका अनुसार यो क्षेत्रम जम्मा ५५ वटा मतदान स्थल र १७९ वटा मतदान केन्द्र रहेका छन्।