अफवाह फैलाएको कसुरमा पक्राउ परेका युवराज पौडेल (सफल) छुटेका छन्। उनी बुधबार साँझ हाजिर जमानीमा छुटेको जिल्ला प्रहरी परिसर काठमाडौंका डिएसपी कौशल बुढाथोकीले जानकारी दिए।
महान्यायाधिवक्ता सबिता भण्डारीलाई लक्षित नकारात्मक टिप्पणी गर्दै अपशब्द बोलेपछि माघ १३ मा सफल पक्राउ परेका थिए। महान्यायाधिवक्ताले विभिन्न मुद्दामा रकम लेनदेन गरेर मुद्दा फिर्ता लिने गरेको उनले आरोप लगाएका थिए।




















