नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल अस्पताल भर्ना भएका छन्। 

उनलाई काठमाडौँको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरी उपचार भइरहेको छ।  बुधबार रुघा, खोकी, ज्वरोसँगै सास फेर्न गाह्रो भएपछि नेता नेपाललाई अस्पताल लगिएको हो। 

हाल उनलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरको क्याबिनमा राखिएको छ। उनको उपचार भने त्रिवि शिक्षण अस्पतालका छातीरोग विशेषज्ञ चिकित्सकहरूले गरिरहेका छन्।

चिकित्सकका अनुसार नेता नेपालको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ।