पृथ्वीराजमार्गअन्तर्गत म्याग्दे गाउँपालिका-१ गुणादीमा आज बिहान स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
दुर्घटनामा एक जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
भरतपुर महानगरपालिका-१६ की २७ वर्षीया सुमित्रा थापाको मृत्यु भएको हो। दुर्घटनामा स्कुटर चालक म्याग्दे गाउँपालिका-३ का २७ वर्षीय पुरन मगर घाइते भएका छन्।
उनको दमौलीस्थित प्रदेश अस्पतालमा उपचार भइरहेको छ। उनीहरू पोखराबाट दमौली आइरहेका थिए।




















