कुमारी बैंक लिमिटेडले आजदेखि आफ्नो संस्थापक शेयर बिक्रीमा राखेको छ। 
बैंकले एक सूचना जारी आजदेखि उक्त शेयर बिक्रीमा राखेको जनाएको हो। बैंकले विभिन्न संस्थापक सेयर धनीहरूको स्वामित्वमा रहेका ३१ हजार ९२८ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको बताएको छ।
बैंकका विद्यमान संस्थापक सेयर धनीहरूले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बैंकको शेयर रजिष्ट्रार कुमारी क्यापिटल वा टंगालमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आई पुग्ने गरी आवेदन दिन सक्नेछन्।
निर्धारित म्यादभित्र शेयर खरिदका लागि आवेदन नपरेको खण्डमा संस्थापकहरू भन्दा बाहेकका लगानीकर्ताहरूमा शेयर बिक्री गरिने बैंकले जारी गरेको सूचनामा उल्लेख छ। शेयरको बिक्री मूल्य भने बिक्रेताले तोकेबमोजिम हुनेछ।