नेपालगञ्ज उद्योग वाणिज्य सङ्घ र नेपाल भारत मैत्री सङ्गठनले नेपालगञ्जको विमानस्थलको विषयमा नेपाल सरकार पर्यटन मन्त्रालय र प्रधानमन्त्री कार्यालयको ध्यानाकर्षण गराउने भएको छ। 
नेपालगञ्ज दिल्ली उडानको लागि भौतिक रूपमा केही कुराहरू अपुग रहेको भन्दै मन्त्रालयको ध्यानाकर्षण गराउने भएको हो। 
शुक्रवार नेपालगन्ज उद्योग वाणिज्य सङ्घले बोलाएको बैठकमा भारत सरकार उड्डयन मन्त्रालयलाई आग्रह गरेको पत्रलाई लिएर नेपालगञ्जका जनप्रतिनिधिहरू नेपाल सरकारका प्रतिनिधिहरू लगायतसँग छलफल गरिएको थियो। 
छलफलमा नेपालगञ्ज मानसरोवरको प्रमुख केन्द्रबिन्दु समेत रहेको नेपालगञ्ज दिल्ली उडानको आवश्यकता रहेको बताइएको छ।
छलफल कार्यक्रममा नागरिक उड्डयन कार्यालय नेपालगन्जका निमित्त प्रमुख बालकुमार सिंहले नेपालगन्ज विमानस्थलबाट दैनिक ६ वटासम्म अन्तर्राष्ट्रिय उडान भर्न सक्ने क्षमता भएको दाबी गरे।
सिंहले भने, ‘अहिले नेपालगन्ज विमानस्थलमा क्षमताको टर्मिनल भवन छ  निर्माण अन्तिम चरणमा पुगेको नयाँ टर्मिनल भवनको क्षमता ६ सय रहेकाले हामी अन्तर्राष्ट्रिय विमान उडानका लागि तयारी अवस्था रहेको बताए छन्। 
कार्यक्रममा बाँकेका स्थानीय तहका जननिर्वाचित जनप्रतिनिधिले पनि नेपालगन्ज–दिल्ली उडानका लागि सङ्घीय सरकारलाई दबाब दिन हातेमालो गर्ने प्रतिबद्धता जनाएका थिए।
कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सरकारका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य कृष्णा केसी नमुना र विशिष्ट अतिथि नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले नेपालगन्ज–दिल्ली उडानका लागि नेपालगञ्जबासीसँगै दबाब समूहसँग मिलेर काम गर्ने बताएका थिए।
बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले पनि नेपालगन्ज–दिल्ली उडानको मागका सम्बन्धमा आफूले गर्नुपर्ने सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए हामी तयार रहेको बताए छन्। 
बैठकमा भारत मैत्री सङ्गठन अन्तर्राष्ट्रिय सदस्य आशिष कुमार गुप्ताले नेपालगञ्ज दिल्ली उडानले भारत सरकारको रोटी बेटीसम्म अझै विस्तार हुने र व्यापारिक नाताहरू विस्तार हुने बताए। 
बुद्ध र श्री एयरले नेपालगन्ज–दिल्ली उडान गर्नेबारे अध्ययन प्रतिवेदन सरकारलाई हस्तान्तरण गरेको छ।