आज नेपाली बजारमा सुनको मूल्य तीन हजार रुपैयाँले घटेको छ। शुक्रवारको तुलनामा आज सुनको मूल्यमा भारी गिरावट आएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार एक तोला सुनको मूल्य १ लाख ९० हजार ७०० रुपैयाँ कायम भएको छ।
यसैगरी, आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ। आज चाँदी २ हजार १४५ रुपैयाँ निर्धारण भएको छ।