झापाको कमल गाउँपालिकामा भएको मोटरसाइकल दुर्घटनामा सशस्त्र प्रहरी निरीक्षकको मृत्यु भएको छ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत कमल गाउँपालिका– ३ सानो केर्खास्थित निर्माणाधीन एसियन हाईवेमा गएराति मोटरसाइकल दुर्घटना हुँदा मोरङ कानेपोखरी गाउँपालिका– ४ घर भई इलाम सशस्त्र प्रहरी प्रहरी बल नेपाल (बीओपी) मा कार्यरत सशस्त्र प्रहरी नायब निरीक्षक पुरणलाल राजवंशीको मृत्यु भएको हो।

पूर्वपश्चिम राजमार्गअन्तर्गत बिर्तामोडबाट केर्खातर्फ जाँदै गरेको प्र१–०२–००५२प ७०२९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (प्रनाउ) खगेन्द्रबहादुर खड्काले जानकारी दिए। 

प्रनाउ खड्काका अनुसार दुर्घटनामा गम्भीर घाइते राजवंशीको बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।