इन्द्रेणी मल्टीप्रपोज इन्भेस्टमेन्ट प्रालिले होटल मार्कोपोलो एण्ड रुफटप रेष्टुरेन्ट सञ्चालनमा ल्याएको छ। शनिवार एक विशेष कार्यक्रमकाबीच उक्त रेष्टुरेन्ट सञ्चालनमा ल्याइएको हो।
उक्त रेष्टुरेन्टको उद्घाटन गर्दै नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालमा सम्भावना हुँदाहुँदै पनि कतिपय चिजहरूलाई गुमाइरहेको बताए। उनले नेपालमा साँच्चिकै सम्भावना रहेकाले आफ्नै देशमा होटल रेष्टुरेन्ट सञ्चालनमा ल्याउनु सकारात्मक पक्ष भएको बताए।
उनले भने, ‘अहिले नेपालमा एकदमै सम्भावना हुँदाहुँदै पनि कतिपय चिजहरूलाई गुमाइरहेका हुन्छौँ। कतिपय सम्भावनाहरू अगाडि बढाउनका लागि नकारात्मक वातावरण छैन भन्ने हिसाबलाई चिर्नका लागि देशमै केही न केही गर्नुपर्ने भन्ने यो एउटा सकारात्मक उदाहरण हो। नेपालमा साँच्चिकै सम्भावना छ भन्ने जुन म्यासेज दिनको लागि र नेपालमा रहनु हुने सबैलाई सम्भावना छ भन्ने उद्देश्यले होटल अगाडि बढाउनु भयो यो साँच्चिकै राम्रो पक्ष हो।’
साथै उनले हरेक नेपाललाई प्रमोट गर्ने एउटा सम्भावित एरियामा लगानी गर्नु सबल पक्ष भएको बताए। उनले मार्कोपोलो प्रा.लि.ले आफैँमा नेपालको पर्यटक क्षेत्रलाई अगाडि बढाउनमा विशेष भूमिका खेलेको बताए।