रुकुम पश्चिमको चौरजहारी नगरपालिका सोतीगाँउमा भएको नवराज विकसहित ६ जनाको हत्या प्रकरणको आज ६ वर्ष पुरा भएको छ।
१० जेठ २०७७ मा जाजरकोटको भेरी नगरपालिका–४ राना गाउँका २१ वर्षका नवराज विक आफ्नी प्रेमिकासँग विवाह गर्न साथीहरूसँगै रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोती गाउँ पुगेका थिए। त्यस क्रममा किशोरीका आफन्त र गाउँलेले लखेटी लखेटी नवराज विकसहित ६ जनाको हत्या गरेका थिए भने १२ जना घाइते भएका थिए। 
उक्त घटनामा जाजरकोटका नवराज विक, गणेश बुढामगर, सञ्जीव (सञ्जु) विक, लोकेन्द्र सुनार र गोविन्द शाही र रुकुम पश्चिम चौरजहारी नगरपालिकाका टीकाराम नेपालीको मृत्यु भएको थियो।
उक्त घटनामा जिल्ला अदालत रुकुम पश्चिमले गरेको फैसला जन्मकैदको न्यायाधीशद्वय सोमकान्त मैनाली र मातृकाप्रसाद भण्डारीको इजलासले सजाय सदर गरेको थियो। त्यस विरुद्ध दलित अभियान्ताहरु निरन्तर आवाज उठाइरहेका छन्।