रौतहटको गरुडा तरकारी बजारमा भएको आगलागीमा करिब १३ लाख २० हजार बराबरको क्षति भएको छ।
गरुडा नगरपालिका वडा नम्बर ४ स्थित तरकारी बजारमा शुक्रवार बिहान ९।४० बजेको समयमा आगलागी भएको प्रहरीले जानकारी दिएको छ। 
पसलमा खाना पकाउने क्रममा सल्किएको आगोले सात वटा फुसको घर पूर्णरुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी दिपककुमार रायले बताए। 
उनका अनुसार गरुडा ८ जिगडियाका शेख कमाउद्दिनले सञ्चालन गरेको मासु पसलमा एक लाख, जयमंगल चौधरीको फुसको खाजा पसलमा दुई लाख, राजेन्द्र साहको फुसको पसल र सुजितकुमार चौधरीको खाजा पसलमा गरी ३ लाख ५० हजार, गरुडा नपा ४ का नेवालाल चौरसियाको किराना पसलमा ३ लाख, कृष्ण दासको कपडा पसलमा ५० हजार र कटहरिया नपा ९ डुमरिया बस्ने सत्येन्द्र ठाकुरको फलामको पसलमा ३ लाख बराबरको क्षति भएको छ। गौर नगरपालिकाबाट आएको वारुण यन्त्रको मद्दतबाट आगोलाई नियन्त्रण लिइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।