तीनकुनेस्थित एक घरमा राजावादीहरूद्वारा आगजनी गरिएको छ। आगजनी सुरु भएको ठाउँमा ढिला नगरी दमकल पुगे पनि आगो निभाउन भने सकेन।
राजावादीहरूको प्रदर्शन बिथोलिएपछि प्रदर्शनकारीहरूले तीनकुनेस्थित मार्बल हाउसमा आगजनी गरेका थिए। तर दमकललाई प्रदर्शनकारीले प्रवेश नै नदिएको नेपाल न्यूज बैङ्कका प्रतिनिधि सरोज शाहीले तीनकुने स्थलबाट जानकारी दिए।
शाहीका अनुसार घरमा लागेको आगो निभाउन दमकल र सशस्त्र प्रहरीले प्रयास गरेपनि असफल भएका हुन्। तीनकुने क्षेत्रमा चार घरमा प्रदर्शनकारी तोडफोड गरेका हुन्।
आगजनी भएको ठाउँ अझैसम्म पनि दमकल पुग्न सकेको छैन। तीनकुनेको रोयल रोयल बैंक्वेट छेउको दुईटा घरमा छिरेर उनीहरूले आगजनी गरेका हुन्।
यसअघि उक्त घरमा राजावादीले ढुङ्गा हानेर सिसा फुटाइदिएका थिए।