प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। विपक्षी दलहरूसँग सहमति जुट्न नसकेपछि सभामुख देवराज घिमिरेले आइतबार (चैत १७ गते) बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन्।
सभामुखको सचिवालयका अनुसार अब आइतबार बिहान ११ बजेका लागि बैठक बोलाइएको छ।
आजै सभामुख घिमिरले संसद् भवनमा प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए। सभामुख घिमिरेले संसद्को अवरोध हटाउनका लागि प्रमुख दलहरूसँग कुराकानी गरेपनि सहमति नजुटेकाले बैठक आइतबारलाई सारेका हुन्।