गिरिजा प्रसाद कोइराला फाउण्डेसन फर डेमोक्रेसी, पिस एण्ड डेभलपमेन्टले रोमानियाका लागि खेलकुद संयोजक पदमा सन्तोष थापा मगरलाई मनोनयन गरेको छ।
फाउण्डेसनकी अध्यक्ष सुजाता कोइरालाको अध्यक्षतामा सञ्चालक समितिको बैठकले थापा मगरलाई आगामी दुई वर्षको कार्यकालका लागि उक्त पदमा मनोनयन गर्ने निर्णय गरेको हो।
फाउण्डेसनले विधानमा उल्लेखित लक्ष्य तथा उद्देश्यहरू प्राप्त गर्न थापा मगरको महत्त्वपूर्ण भूमिका रहने विश्वास व्यक्त गरेको छ। अध्यक्ष कोइरालाले उनको कार्यकाल सफल रहोस् भन्ने शुभकामना व्यक्त गरेकी छिन्।
गिरिजा प्रसाद कोइराला फाउण्डेसनले लोकतन्त्र, शान्ति र विकासका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ।