तीनकुनेमा राजसंस्था पक्षधर प्रदर्शनकारीमाथि प्रहरीले बल प्रयोग गरेको छ।

आन्दोलनकारीले बानेश्वरतर्फ जाने प्रयास गरेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको हो। केही आन्दोलनकारीमाथि लाठीचार्ज पनि भएको छ।

राजसंस्था पुनस्थापनासहितको माग राखेर प्रदर्शनमा उत्रिएका राजावादीहरूको प्रदर्शनमा तनाव भएको छ। राजावादीहरू विभिन्न स्थानबाट जुलुसहित तीनकुने पुगेका छन्। यद्यपि त्यहाँ केहीबेर तनाब भएको छ।

चाबहिल, भक्तपुरलगायत चक्रपथबाट राजावादीहरूले जुलुस निकालेका थिए। उक्त जुलुस तीनकुने पुगेपछि अवस्था तनाबग्रस्त बनेको थियो।