नेकपा माओवादी केन्द्रका सांसद हितराज पाण्डेले सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक बेठिक रहेको बताएका छन्।
बुधवार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद पाण्डेले पेस हुन लागेको उक्त विधेयकको विरोध गर्दै सरकाले जनप्रतिनिधिलाई र जनतालाई अपहेलना गरेको विधेयक ल्याएको बताएका हुन्।
उनले भने,‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक बेठिक छ। जसरी सरकाले जनप्रतिनिधिलाई जनतालाई अपहेलना गरेको छ। त्यसैले हामी यसको विरोध गर्छौ।’
साथै उनले सरकारले संविधानको जुन व्यवस्था छ त्यसलाई पनि राम्रोसँग ख्याल नगरीकन विधेयक ल्याएको बताए। शिक्षकहरू आन्दोलनमा रहेको अवस्थालाई मध्यनजर गरेर बरु चाँडो शिक्षा विधेयक ल्याउने उनले सुझाव दिए।
उनले भने,‘सरकारले संविधानको जुन व्यवस्था छ। त्यसलाई पनि राम्रोसँग ख्याल नगरीकन यो विधेयक ल्याएको छ। सरकार जनताको समस्या के छ तत्कालको आवश्यकता के हो सरकारको यतातिर पनि ल्याएको छैन। शिक्षकहरू आन्दोलनमा छन्। शिक्षा विधेयक चाँडो ल्याउनको सट्टा,समितिको काम अगाडि बढाउनुको सट्टा सरकार सुनुवाइ गर्दैन।’