कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लागुपदार्थ दुर्व्यसनीविरुद्ध तीनै तहका सरकारले समन्वयात्मक काम गर्नुपर्ने बताउनुभएको छ।

कोशी प्रदेश प्रहरीद्वारा आज यहाँ आयोजित ‘अबको युद्ध दुर्व्यसनविरुद्ध’ कार्यक्रमको शुभारम्भ गर्दै उहाँले तीनै तहका सरकारले समयमै सचेतनाका कार्यक्रम अघि बढाउनुपर्छ भन्नुभयो।

मुख्यमन्त्री कार्कीले भन्नुभयो, “ तीनै तहका सरकार मिलेर सचेतनाका अभियानलाई समुदायस्तरसम्म सञ्चालन गर्न जरुरी छ। प्रदेश सरकारले आगामी आर्थिक वर्षमा दुर्व्यसनविरुद्धका सचेतना कार्यक्रमका लागि बजेट बिनियोजन गर्ने छ।”