राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले लोकतन्त्रको खतरा सरकार आफैँबाट भएको बताएकी छिन्।
बुधवार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकारले सदन, सडक र सामाजिक सञ्जाल सबै नियन्त्रण गर्न सकेपनि तर जनताको चेतना नियन्त्रण गर्न नसक्ने बताएकी हुन्।
उनले भनिन्, ‘सरकार नयाँ उदाउँदै गरेको शक्तिहरूमाथि दमन गर्न उद्दत छ। सरकारले जनविश्वास गुमाइसकेको छ र गम्भीर सङ्कटमा छ । यो सरकार आफैँले निम्त्याएको हो। सरकारले कानुनलाई प्रतिसोधको तरबार बनायो। सदनमा प्रश्नको जवाफ नदिने, सांसदलाई होच्याउने पत्रकारको पास खोस्ने। सामाजिक सञ्जाल नियन्त्रण गर्न विधेयक लिएर आउने निषेधित क्षेत्र घोषणा गरेर सडक कब्जा गर्ने यी सबै नियन्त्रणमुखी शासकका लक्ष्यणहरु हुन्। सरकारले सदन,सडक र सामाजिक सञ्जाल सबै नियन्त्रण गर्न सक्ला तर जनताको चेतना नियन्त्रण गर्न सक्दैन।
त्यसैले, लोकतन्त्रको असली खतरा कोही हो भने सरकार आफैँ हो।’