सोलुखुम्बुको लिखुपिके गाउँपालिका कार्यालयमा आगलागी भएको छ। आज दिउँसो करिब एक बजे लागेको आगोले कार्यालयको माथिल्लो तलामा आगो लागेको हो।
आगलागीको कारण खुलेको छैन। तर विद्युत् सर्ट भएर आगो लागेको प्रारम्भिक अनुमान छ।
हावा चलिरहेकाले नजिकैको बस्तीमा आगो फैलिन नदिन स्थानीय, जनप्रतिनिधि र स्थानीय प्रहरी परिचालित भएका छन्। तर गाउँपालिकामा दमकल नहुँदा आगो निभाउन समस्या भएको छ।