काठमाडौंको नयाँ बानेश्वरमा आइतबार दिउँसो प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ।
स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समितिले गरेको प्रदर्शनमा झडप भएको हो। निषेधित क्षेत्र तोड्न खोजेपछि दुई पक्षबीच झडप भएको बताइएको छ।
त्यस क्रममा प्रहरी वृत्त सिंहदरबारका इन्चार्ज, डीएसपी गंगा पौडेल घाइते भएका छन्। उनको सिभिल अस्पताल मीनभवनमा उपचार भइरहेको छ। प्रदर्शनकारीतर्फ पनि केही जना घाइते भएको बताइएको छ।
अहिले उक्त क्षेत्रको अवस्था सामान्य भइसकेको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता, एसपी अपिल राज बोहराले जानकारी दिए।
संघर्ष समितिले केही समयदेखि काठमाडौंमा प्रदर्शन गर्दै आएको छ।