नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल दाङ पुगेका छन्।
आज शुक्रवार तुलसीपुरको अरनिको मैदानमा हुने पार्टीको नगर अधिवेशन उद्घाटन तथा खबरदारी सभालाई सम्बोधन गर्न उनी दाङ पुगेका हुन्।
अध्यक्ष प्रचण्डले तुलसीपुरको सभापछि सहिद स्मृति आवासीय माविमा पुगेर सहिद सन्ततिसँग भेटघाट गर्ने र साँझ घोराहीमा उद्योगी व्यापारीसँगको भेटघाट गर्ने कार्यक्रम तय भएको छ।
अध्यक्ष प्रचण्ड भोलि घोराही र देउखुरीमा हुने कार्यक्रमलाई सम्बोधन गरी काठमाडौँ फर्कने छन्।