हाल देशको पश्चिमी भागमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव परेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यसको प्रभावले हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली छ भने बाँकी भू-भागमा मौसम सफा रहेको छ।
अहिले तराईका धेरै भागमा हुस्सु लागेको छ भने यो क्रम यो साताभर रहने महाशाखाले जनाएको छ।
विभागका अनुसार आज दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ। कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
त्यसैगरी, राति कोशी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ। आगामी २४ घण्टामा कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।