सिरहाको गोल बजार नगरपालिका वडा नम्बर–७ ले जाडोलाई लक्षित गर्दै जेष्ठ नागरिकहरूलाई फाइबर सिरक वितरण गरेको छ।
वडा कार्यालयले वडाभित्रका तीन सय १५ जना एकल महिला, विधवा, दलित महिला, अपाङ्ग र जेष्ठ नागरिकका लागि लक्षित गरी सिरक प्रदान गरेको वडा अध्यक्ष हरि हरिशरण ठाकुरले जनाएका छन्।
तीन लाख रुपैयाँको बजेटबाट वडाभित्रका तीन सय १५ जना जेष्ठ नागरिकलाई फाइबर सिरक प्रदान गरिएको वडा अध्यक्ष ठाकुरले जानकारी दिए। वडा अध्यक्ष ठाकुर वडा सचिव र वडा सदस्यहरूले र संयुक्तरुपमा फाइबर सिरक हस्तान्तरण गरेका हुन्।