धनकुटाको साँगुरीगढी गाउँपालिका-६ मुक्टेनस्थित सडकमा मुक्टेनबाट धरानतर्फ जाँदै गरेको को.२ च ११०५ नम्बरको बोलेरो जिप अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा जिपमा सवार सोही ठाउँ बस्ने ३७ वर्षीय निर बहादुर मगरको घटनास्थलमै मृत्यु भएको छ। पिकअप गाडी झण्डै सय मिटर तल खसेको प्रहरीले जनाएको छ।
दुर्घटनामा परी ३९ वर्षिय मिना मगर, ६ वर्षिय छोरी श्रेया मगर घाइते भएका छन्। दुर्घटनामा घाइते भएकाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपामा उपचार भइरहेको छ। जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।