प्रधानमन्त्री केपी शर्मा ओलीले तिज जस्ता चाडहरुले नेपाली समाजलाई एक सूत्रमा बाध्ने काम गरेको बताएका छन्।
शनिबार काठमाडौँमा आयोजित बृहत तिज विशेष कार्यक्रममा उनले आउँदै गरेको तिजको शुभकामना दिँदै यस्ता चाडहरुले नेपाली समाजमा थुप्रै सामाजिक महत्व बोकेको बताए।
उनले भने,‘सबैलाई तिजको शुभकामना दिन चहान्छु। यो सामाजिक उत्तरदायित्व पनि बोकेर आएको चाड हो। यस्ता चाडहरुको नेपाली समाजमा थुप्रै सामाजिक महत्वहरु छन्। यस्ता चाडहरुले साच्चै नेपाली समाजलाई एक सूत्रमा बाध्ने काम गरेको छ। नेपाल यस्तै साभ्यताको देश हो।’
यस्तै, उनले यस्ता चाडहरुले मानिसको जीवनमा उर्जा, प्रेरणा र हौसला पैदा गर्ने भन्दै यसको संरक्षण गर्नुपर्ने बताए।
उनले भने,‘नेपाली समाजमा अस्लिलता फैलाउन खाजेपनि नेपाली समाज त्यस्तो बाटोमा जाने समाज होईन्। यस्ता चाडहरुले मानिसमा एउटा जीवनको उर्जा, प्रेरणा र हौसला पनि पैदा गर्छ। हामीले हाम्रो देशलाई, समाजलाई माया गर्नुपर्छ।’