तनहुँको आँबुखैरेनी गाउँपालिका–२, ऐनापहरास्थित मर्स्याङ्दी नदीमा शुक्रवार बस खस्दा मृत्यु भएका २७ भारतीय नागरिकको शव भारत लगिएको छ। चितवनको भरतपुर अस्पतालमा पोस्टमार्टमपछि शव भारत लगिएको हो।

शव लैजान भारतीय वायुसेनाको विमान शनिवार अपराह्न भरतपुर पुगेको थियो। वायुसेनाको विमानमार्फत २५ र शववाहनबाट दुई शव भारत पठाइएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ।

त्यसअघि, भरतपुर अस्पतलामा शव बुझ्न काठमाडौँस्थित भारतीय दूतावासका प्रतिनिधि पुगेका थिए।