खोटाङको ऐसेलुखर्क गाउँपालिका-१ राखावाङदेल स्थितमा खोलामा नुहाउने क्रममा डुबेर दुई जना बालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा भोजकुमार राईको ९ वर्षीय छोरा राज राई र टंकराम राईको ११ वर्षीय छोरा अर्जुन राई रहेका छन्।
शुक्रबार दिउँसो विद्यालयबाट घर फर्कदा बाटोमा पर्ने चङ्खु खोलामा नुहाउने क्रममा दुवैजनाको डुबेर मृत्यु भएको थियो।
कानुनी प्रकृया तथा घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।