परराष्ट्र मन्त्री डा.आरजु राणा देउवा भारत प्रस्थान गरेकी छिन् । 
भारतीय विदेश मन्त्री एस जयशंकरको औपचारिक निमन्त्रणमा आइतबार बिहान परराष्ट्र मन्त्री राणा त्यसतर्फ प्रस्थान गरेकी हुन् । 
उनी भदौ ६ गते स्वदेश फर्किने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ । भ्रमणका क्रममा उनले भारतीय समकक्षी जयशंकरसँग भेटवार्ता गर्ने कार्यक्रम गर्नेछिन् । 
विदेश मन्त्री जयशंकरसँग दुई पक्षीय हित र नेपाल–भारत सम्बन्धका विविध पक्षमा कुराकानी हुने परराष्ट्र मन्त्रालयद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । 
यो भ्रमणबाट उच्च तहको नियमित भ्रमण आदान–प्रदानले नेपाल र भारतबिचको वर्षौँ पुरानो द्विपक्षीय सम्बन्ध अझ गाढा हुँदै जाने मन्त्रालयको विश्वास छ ।