झापामा गएराति आएको हावाहुरीले ठूलो क्षति पुर्‍याएको छ।

हावाहुरीका कारण जताततै बिजुलीका पोल ढलेका छन् भने घरका छाना उडाउनुका साथै रुखहरू समेत ढलेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

क्षतिको यकिन विवरण भने आउन बाँकी रहेको छ। हावाहुरीका कारण मानवीय क्षति भने नभएको बताए।

हावाहुरीका कारण राजमार्गमा ढलेको रुखहरू राति नै जेसीबी लगाएर पन्छाइएको छ। चारआलीको पाउपाथीभरा मन्दिरस्थित पूर्वपश्चिम राजमार्गमा सखुवाको रुख ढल्दा चारआलीबाट बिर्तामोडतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०१–०२३च ५०९३ नं. को कारमा क्षति भएको छ। कारमा सवार रहेका पाँच जना सकुशल  छन्।

हावाहुरीले बिजुलीको पोल ढाल्दा मेचीनगरको धुलाबारी, धाइजन, र काँकरभिट्टामा विद्युत् अवरुद्ध भएको छ।