नेपालले आईसीसी यू–१९ पुरुष विश्वकप छनोट आयोजना गर्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले जनाएअनुसार अप्रिल १२ देखि २१ सम्म हुने प्रतियोगितामा नेपालसहित अफगानिस्तान, हङकङ, यूएई र ओमानले प्रतिस्पर्धा गर्नेछन्। 

छनोट चरणको विजेता टोली २०२६ मा जिम्बावे र नामिबियामा हुने आईसीसी यू–१९ विश्वकपमा पुग्ने छ। एसिया डिभिजन १ क्षेत्रमा विजेता र उपविजेता बनेर ओमान र हङकङ नेपालमा हुने प्रतियोगिताका लागि छनोट भएका हुन्। नेपालले यसअघि सन् २००१ र २००५ मा एसीसी यू–१९ एसिया कप आयोजना गरेको थियो। दुवै पटक विजेता बन्दै नेपाल यू–१९ विश्वकपमा पुगेको थियो।