विभिन्न ८ वटा सहकारीमा आबद्ध ‘सिते बा’ भनिने मधुसुदन पाठकसँग सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले बयान लिएको छ। 

समितिका सभापति सूर्य थापाले विशेष समितिको कार्यविधिअनुसार विभिन्न सहकारीको बचत दुरुपयोगमा संलग्नका रूपमा आरोपित व्यक्तिहरूमध्ये शनिबार उनीसँग बयान लिइएको जानकारी दिए। 

ज्येष्ट वचत तथा ऋण सहकारी संस्थाका सचिव पाठक ८ वटा सहकारी संस्थाहरूसँगआबद्ध छन्। बैठकमा उनले समितिले सोधेका विषयहरुमा जवाफ पेस गरेको बताइएको छ। सिते बा कलाकार समेत हुन्। यस्तै, २०७९ मा उनले काठमाडौँ ५ बाट प्रतिनिधिसभा निर्वाचन लडेका थिए। 

समितिले सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा विभिन्न व्यक्तिलाई बोलाएर बयान तथा छलफल गर्दै आएको छ। हिजो अन्य तीन जनालाई पनि समितिले बोलाएर बयान लिएको थियो।