हेटौँडामा मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु भएको छ। 

हेटौँडा उपमहनगरपालिका वडा नम्बर–९ धाप स्थित भित्री सडक मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु भएको हो।

मयुरधापबाट हेटौँडा बजार तर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००५ प २४३ नम्बरको मोटरसाइकलले स्थानीय रामचन्द्र अर्यालका छोरा ५ वर्षिय सिभांस अर्याललाई बाटो छेउमा हिडिरहेको अवस्था ठक्कर दिएको हो।

घाईते उनलाई उपचारको लागी हेटौँडा अस्पताल ल्याएकोमा हिजो दिउसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक लक्ष्मी भण्डारीले बताए। 

मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।