कान्तिपुर सिटी कलेज, पुतलीसडकले आयोजना गरेको ‘केसीसी एक्जिबिट २०२४’ को समापन भएको छ। 

नेपाल सरकारका उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहबाट साउन ३२ गते शुभारम्भ भएको एक्जिबिट भदौ १ गते शनिबार चर्चित गायिका एलिना चौहानको प्रस्तुतीसँगै समापन भएको हो।

कार्यक्रममा पूर्वाञ्चल विश्वविद्यालय इन्जिनियरिङ विभागका डीन प्रा.डा.देवीप्रसाद भट्टराई, पूर्वमन्त्री गणेश साह, नेपाल व्यवस्थापन संघका महासचिव इन्द्रकुमार श्रेष्ठ, नेपाल कम्प्युटर एसोसिएसनका अध्यक्ष रञ्जित कुमार पोद्दार लगायत रहेका थिए। 

पहिलो दिन शुभारम्भ कार्यक्रमको सभापतित्व कलेजका अध्यक्ष सुमन कटुवालले गरेका थिए।

प्रदर्शनीको दोस्रो दिन प्रदर्शनीसहित राष्ट्रिय कलाकारहरुले प्रस्तुति दिएका थिए। टिकटक स्टार इच्छिता, विक्षिताले नृत्य गरेर मनोरञ्जन दिलाएका थिए। 

यसैगरी चर्चित गायिका एलिना चौहानले ‘कट्टा हान्दिन्छु’, ‘धोकेवाज’, ‘मिनरल वाटर’ लगायतका गीत गाएर सुनाएकी थिइन्।

Photo (8) 42समापन समारोहलाई सम्बोधन गर्दै एक्जिबिसनका संयोजक रवी श्रेष्ठले इन्जिनियरिङ, आइटी र बिबिएका विद्यार्थीहरुले ४१ वटा प्रोजेक्ट बनाएर प्रस्तुत गरेको जानकारी दिए। प्रदर्शनीमा २ हजार भन्दा बढि अवलोकनकर्ताले भ्रमण गरेको पनि उनले बताए।

कलेजका म्यानेजिङ डाइरेक्टर डा. प्रल्हाद कार्कीले अनपेक्षित सफलता प्राप्त भएको उल्लेख गरे। छोटो समयमा स्तरीय तयारी गरेर प्रदर्शनीलाई सफल बनाएको भन्दै संयोजक, व्यवस्थापक, सहयोगी, भोलेन्टियर र विद्यार्थीहरुलाई उनले धन्यवाद ज्ञापन गरे। कलेजकी व्यवस्थापक मिना खत्रीले शिक्षक, कर्मचारी र विद्यार्थीको एकता र इनर्जीले एक्जिबिसन सफल भएको बताइन्।

कलेजका प्रिन्सिपल राजु कट्टेलले विद्यार्थीमा उत्साह, उर्जा र क्षमता देखिएको उल्लेख गरे। विद्यार्थीले गरेका प्रोजेक्टलाई क्याम्पसले सहयोग मात्रै गरेको उनको भनाइ थियो। 

अर्को प्रदर्शनीलाई राम्रो बनाउन यो सिकाइ पनि भएको उनले बताए। यो केसीसीले आयोजना गरेको १७औं श्रृंखला हो भने आउने २०औं श्रृंखलालाई ग्रान्ड बनाउन आफूहरु लागिपर्ने पनि उनले बताए।

दुई दिन चलेको प्रदर्शनीमा राखिएका नमुनाहरु इन्जिनियरिङ, आइटी र व्यवस्थापनसँग सम्बन्धित थिए।

प्रदर्शनीमा इन्जिनियरिङतर्फका सिग्नेचर ब्रिज, वेष्ट म्यानेजमेन्ट सिस्टम, ग्वार्कोको फ्लाइओभर, तीनकुने टनेल, बानेश्वरको ट्राफिक मेनेजमेन्ट विथआउट लाइट, पोड वे ट्रान्सपोर्टेसन सिस्टम, नागढुङ्गा टनेल, रिटेनिङ एण्ड स्टेबिलिटी स्टक्चर, लिक्वी फ्याक्सन, अर्लि वार्निङ सिस्टम लगायतका विभिन्न प्रोजेक्ट आदि थिए।

Photo (7) 44यसैगरी, आइटीतर्फ फायर डिटेक्सन एण्ड अलार्म सिस्टम, भिजिटर लग सिस्टम, रेन्ट रोबर, च्याट नेक्सस बिजिनेस, भेइकल नम्बर प्लेट डिटेक्सन, भिजिटर काउन्टर, फेस रिकनाइजेसन सिस्टम, मुड अनुसार गीत बजाउने सिस्टम, जेष्टर कन्ट्रोल प्रिजेन्टेशन, होम अटोमेशन सिस्टम, फ्लोड अलर्ट सिस्टम, पेमेन्ट कन्फर्मेशन, इमर्जेन्सी अलर्ट सिस्टम, अटोमेटिक वाटर लेभल कन्ट्रोलिङ, स्मार्ट एग्रिकल्चर सिस्टम लगायतका प्रोजेक्ट प्रदर्शनीमा रहेका थिए। यता ब्यवस्थापनतर्फका विद्यार्थीहरूले खानेकुराको प्रदर्शनी गरेको प्रदर्शनीका मिडिया संयोजक राजिव तिमल्सिनाले जानकारी दिए।

प्रदर्शनीमा ‘इन्नोभेसन इन इन्फर्मेसन टेक्नोलोजी एण्ड इन्जिनियरिङ टू इन्हान्स इफिसियन्सी एण्ड सस्टेनेबिलिटी’ शीर्षकमा कन्फरेन्स पनि हुनेछ। यो कन्फरेन्समा तीन वटा महत्वपूर्ण पेपर प्रस्तुति र प्यानल डिस्कसनसमेत हुने छन्। कलेज प्रांगणमै भएको प्रदर्शनी टूटीलाइन, बोट, ब्रोडवे, कनेक्ट आइपिएस, स्काइ ब्रोडबैंड, टेकमाइन्ड नेटवर्क, ह्याभन हिल रिसोर्ट, अरेन्ज नेक्स्ट, इबी पर्ल र फ्लोरेन्स इन्टरनेशनलले प्रायोजन गरेका थिए।

Photo (2) 50कान्तिपुर सिटी कलेज सन् २००० देखि पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सूचना प्रविधि, इन्जिनियरिङ, ब्यवस्थापन तथा आमसञ्चार विषयको अध्ययन, अध्यापन हुने अग्रणी कलेज हो। यहाँबाट उत्तीर्ण विद्यार्थीहरुले देश तथा विदेशका विभिन्न क्षेत्रमा नेतृत्व लिएर काम गरी आफ्नो दक्षता प्रस्तुत गरिरहेका छन्।

Photo (1) 52