पशुपति कोटिहोममा शुक्रबार राति भएको घटना मेलमिलापमा टुंगिएको छ। कोटिहोमका मुख्य आयोजक विजय कृष्णमूर्तिलाई पक्राउ गर्न खोज्दा कोटिहोमस्थल तनावग्रस्त बनेको थियो।

शनिबार जिल्ला प्रशासन कार्यालयमा भएको सर्वपक्षीय छलफलमार्फत सो घटना मेलमिलापमा टुंग्याउने सहमति भएको हो। आयोजक पक्षधर र काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतसहितले सर्वपक्षीय छलफल गरेका थिए। छलफलमा सो घटनालाई मेलमिलापमा टुंग्याउने सहमति भएको बैठकपछि जारी सहमति पत्रमा भनिएको छ।

बैठकले १५ दिनपछि घटनाको सत्यतथ्य बाहिर ल्याउने र दोषीलाई कडा कारबाही गर्ने गरि सहमति गरेको बताइएको छ।