पूर्वी नेपालका थारु समुदायले आज रैब पर्व मनाउँदै छन्। पश्चिम नेपालका थारु समुदायले भने यसलाई ‘बड्का अटवारी’को रुपमा मनाउँछन्।

यो पर्व हरेक वर्ष भदौ महिनाको पहिलो आइतबारदेखि सुरु हुन्छ र ठाउँ अनुसार भदौ महिनाभर पर्ने आइतबारलाई रैब दिनररैब पर्व वा बड्का अटवारीका रुपमा मनाउने गरिन्छ। यसवर्ष बड्का अटवारी भने भदौ २३ गते परेको छ।

आजको दिन घरमा दही, दूध, चिउरा, चिनी, जेरी, फलफूल आदि खाने गरिन्छ। यसपर्वको दिन नुन, तेल खाए पर्व भंग हुने र कूल देवता रिसाउने मान्यता जनविश्वास छ।