नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ । 
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन एक लाख ५२ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । 
यसअघि गत साउन २९ गते नयाँ रेकर्ड बनाएको थियो । उक्त दिन सुनको मूल्य तोलामा एक लाख ५० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
गत शुक्रवार एक लाख ४९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । शुक्रवारको तुलनामा आज तीन हजार रुपैयाँले मूल्य बढेको छ ।
आज चाँदी एक हजार ७६० रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ । गत शुक्रवार एक हजार ७४० रुपैयाँमा कारोबार भएको थियो ।