संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगका लागि प्रस्तावित निर्वाचन आयुक्त कृष्णमान प्रधानसँग भावी योजना र उजुरीहरूका बारेमा गोप्य रूपमा सुनुवाइ गरेको छ।
बुधवार सिंहदरबारमा बसेको समितिको बैठकमा सुनुवाइका लागि प्रस्तावित आयुक्त प्रधानलाई बोलाएको थियो।

सुरुमा पत्रकारहरूलाई पनि सहभागी गराइएको थियो तर प्रधानले प्रस्तुति सुनाएपछि सवाल जवाफमा पत्रकारलाई नराख्ने निर्णय भएको सुनाइयो। प्रस्तावित आयुक्त प्रधानविरुद्ध यौन शोषणको उजुरी परेको थियो।