मोरङ र झापाको विभिन्न स्थानहरुबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ।हिजो दिउँसो लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरीको टोलीले विराटनगर-१६ स्थितमा चेकजाँचको क्रममा को. १९ प ८५९२ नम्बरको मोटरसाईकलमा सवार मोरङ सुन्दरहरैचा नगरपालिका-५ का २५ वर्षीय अभिषेक चौधरी र सुन्दरहरैचा-४ का ३० वर्षीय उज्वल सापकोटालाई ३ ग्राम २४ मिलिग्राम ब्राउनसुगर सहित नियन्त्रणमा लिएको हो। यसैगरी झापाको अस्थायी प्रहरी पोष्ट नयाँबसपार्क बिर्तामोडको प्रहरी टोलीले सिन्धुलीका २८ बर्षीय धन बहादुर बस्नेतलाई ३ ग्राम ५०० मिलिग्राम ब्राउनसुगर सहित र मेचीनगर-६ धाईजनका ३० बर्षीय सोनु तामाङ र २८ वर्षीय शुरेश गुरुङलाई १ ग्राम ८७० मिलिग्राम ब्राउनसुगर सहित इलाका प्रहरी कार्यालय धुलाबारी र लागुऔषध नियन्त्रण ब्युरो काकँडभिट्टाको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।
यसैगरी इलाका प्रहरी कार्यालय कुमरखोद झापाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा प्र.१-०१-०१५ प ७८०८ नम्बरको स्कुटरमा सवार कमल गाँउपालिका-१ का २९ वर्षीय मौसम लिम्बु र ३६ वर्षीया सर्मिला राईलाई ५ ग्राम ५३० मिलिग्राम ब्राउनसुगर सहित नियन्त्रणमा लिएको हो। प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित पक्राउ परेका उनिहरुको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भई रहेको छ।