सौर्य एयरलाइन्सको जहाज दुर्घटनाप्रति नेपाली कांग्रेसले दुःख व्यक्त गरेको छ। कांग्रेसले विज्ञप्ति जारी गर्दै दुःख व्यक्त गरेको हो।
मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तिमार्फत सभापति शेरबहादुर देउवाले घटनाप्रति गहिरो दुःख व्यक्त गरेको जनाएका छन्। देउवाले दुर्घटनामा परि मृत्यु भएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनप्रति समवेदना प्रकट गरेका छन्।
विज्ञप्तिमा भनिएको छ, ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलबाट पोखराका लागि आज बिहान ११:११ बजे उडेको सौर्य एयरलाइन्सको ९ एन–एएमई सीआरजे—७ को विमान विमानस्थलको परिसरभित्रै दुर्घटना हुँदा १८ जनाको मृत्यु र एक जना गम्भीर घाइते भएको घटनाप्रति नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गर्नु भएको छ । दुर्घटनामा परि दिवङ्गत हुनु भएकाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै सभापति देउवाले उहाँहरूको आत्माको चीर शान्तिको कामनाका साथ शोकाकुल परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट हार्दिक समवेदना प्रकट गर्नु भएको छ ।’