सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ।
सौर्य एयरलाइन्सका प्राविधिक मनुराज शर्मा, उनकी श्रीमती प्रिजा खतिवडा र ४ वर्षीय छोरा अधिराज शर्माले दुर्घटनामा ज्यान गुमाएका हुन्। प्रिजा ऊर्जा मन्त्रालयमा कम्प्युटर अपरेटरका रूपमा कार्यरत थिइन्।
बुधबार इन्जिन परीक्षणका लागि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ह्यांगर प्रयोग गर्ने गरी विमान उडेको थियो। तर विमान उडेलगत्तै विमानस्थल क्षेत्रभित्रै दुर्घटनामा परेको थियो।
सौर्य एयरलाइन्सले विवरणमा खतिवडा र उनका छोरालाई पनि कम्पनीकै कर्मचारीको रुपमा देखाए पनि उनीहरू यात्रु रहेको खुलेको छ।