भारतको उत्तर प्रदेश राज्यमा पर्ने उन्नाव नजिकै सडक दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन्।

आगराबाट लखनऊतर्फ जाँदै गरेको यात्रुवाहक बस दूध बोकेको ट्यांकरसँग ठोक्किँदा दुर्घटना भएको हो।

स्थानीय प्रहरीका अनुसार ओभरटेक गरिरहेको बसलाई ट्याङ्करले ठक्कर दिएको थियो। बस बिहारको सीतामढीबाट दिल्ली जाँदै थियो।

दुर्घटनामा घाइते भएकाहरूलाई उन्नावको बांगरमऊ सीएचसीमा उपचारका लागि लगिएको छ। गम्भीर रूपमा घाइते भएका केही यात्रुलाई लखनऊ रिफर गरिएको छ।