नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस र एमालेबीच मन्त्रालय पनि बाँडफाँटमा सहमति भइनसकेको बताएका छन्।

बुधबार पार्टी सचिवालय बैठकमा बोल्दै अध्यक्ष ओलीले नेपाली कांग्रेससँग मन्त्रालय बाँडफाँटबारे अहिले कुनै छलफल नभएको बताएका हुन्। तर सरकारमा सबैलाई हैसियतको आधारमा स्थान दिने भन्ने विषमा भने सहमति भइसकेको ओलीले जानकारी दिए।

‘मन्त्रालय बाँडफाँड भइसकेको छैन, यो पार्टीले यो मन्त्रालय, को-को सरकारमा सामेल हुने, क-कसको स्थिति के–के हुने भन्ने टुंगिसकेको छैन’, उनले भने, ‘साधारणतस् हैसियतको आधारमा सहभागी हुने हो। अहिलेलाई बराबरी हैसियतमा कांग्रेस र एमालेले सरकारमा व्यवहार गर्छन्।’