बाँकेमा चट्याङ लागेर दुई जना महिलाको मृत्यु भएको छ भने एक जना महिला घाइते भएकी छिन्। बाँकेको राप्ती सोनारी गाउँपालिका-२ कचनापुरको हरिहरपुर गाउँमा धान रोप्ने क्रममा साँझ ६ बजे तीन महिलालाई चट्याङ लागेको थियो।

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले चट्याङबाट गम्भीर घाइते भएको दुवै जनाको कोहलपुर अस्पतालमा मृत्यु भएको बताए।

मृत्यु हुनेमा राप्ती सोनारी गाउँपालिकाकी  ३२ वर्षीया सम्झना विक र ३२ वर्षीया वसन्ती उपाध्याय रहेका छन्। गम्भीर घाइते भएका दुवैको उपचारका क्रममा ज्यान गएको हो।

चट्याङ लागेर ३० वर्षीया सलिना विक गम्भीर घाइते भएकी छिन्।