भोजपुर–चखेवा सडकखण्डमा सडक भासिएको छ। अविरल वर्षाका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत टेम्केमैयुङ गाउँपालिका–३ मेस्पाङमा करिब ६० मिटर सडक भासिएको हो। 

कालोपत्र गरिएको सडक भासिएपछि यातायातका साधन रोकिएका टेम्केमैयुङ गाउँपालिकाकी उपाध्यक्ष रमादेवी राईले बताएकी छन्। उक्त स्थानमा आज बिहान सडक भासिएको हो। 

“वर्षाका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत मेस्पाङमा सडक भासिएको छ”, उपाध्यक्ष राईले भने,“सडकमा ठूलो क्षति भएको छ। यसरी नै निरन्तर वर्षा भयोभने अझ बढी क्षति हुनसक्ने सम्भावना रहेको छ।”