नेकपा एमालेले बागमती प्रदेशका मुख्यमन्त्री शालीकराम जम्कट्टेललाई राजीनामा दिन आग्रह गरेको छ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै प्रदेश एमाले प्रदेश संसदीय दलले अल्पमतमा परेका मुख्यमन्त्रीले सत्ता लम्ब्याउनका लागि मात्र सरकारमा रहनु राम्रो नभएको भन्दै राजीनामा दिएर मार्गप्रसस्त गर्न आग्रह गरेको छ।

असार १७ गते एमाले र कांग्रेसबीच नयाँ सत्ता समीकरण बनेपछि एमाले सोमबार प्रदेश सरकारबाट बाहिरिएको थियो। बागमतीमा अब नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन हुनेछ।