राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ताको खेल नबुझेको टिप्पणी गरेका छन्।  

एमालेसँग सहकार्य गरेर सरकार बनाएयता प्रधानमन्त्री प्रचण्डको नराम्रो दिन सुरु भएको उनको जिकिर थियो। मंगलबार प्रतिनिधि सभा बैठकमा अध्यक्ष केसीले एमालेप्रति संकेत गर्दै बालकोटले प्रधानमन्त्री प्रचण्डलाई अहिलेको परिस्थितिमा पुर्‍याएको बताए।

अध्यक्ष केसीले कांग्रेस र एमाले सत्ता समीकरणले पनि मुलुकमा केही पनि सुधारको काम नहुने दाबी गरे। दुबै दलसँग आफूले लामो समयदेखि संगत गरेकाले उनीहरुले पनि मुलुकको हितमा काम गर्न नसक्ने उनले बताए।